२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ ।

मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पिसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ ।

कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णय अनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । वायुसेवा कम्पनीले सरकारले तोकेको कुनैपनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाहरुबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडान तालिका पनि सार्वजनिक गरिसकेको छ ।

विदेशबाट दैनिक ५०० यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको छ । यसरी आउने यात्रुले पिसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । पिसीआर नगरेकाले उनीहरुकै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस