काठमाडौं । पर्सामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाहीकी ७० वर्षीया वृद्धाको कोरोना संक्रमण देखिएपछि मृतयु भएको हो ।
शनिबार कोरोना पुष्टि भएकी उनको आइतबार मृत्यु भएको बताइएको छ । उनमा क्षयरोगको पनि समस्या रहेको बताइएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि भदौ ६ गते शनिबार उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । शनिबार नै उनमा कोरोना पुष्टि भएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।