काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनको मृत्यु भएको छ । मंगलबार राति डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविरास्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।
चारदिन अघि ज्वरो आएर स्वाव परीक्षण लागि दिएका उनको मंगलबार रातिमात्रै रिपोर्ट पोजेटिभ देखिएको थियो । पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । उनको एम्बुलेन्समै मृतयु भएको बताइएको छ ।
उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेको पनि बुझिएको छ ।
यसअघि सप्तरीमा ्र४५ वर्षीय पुरुष र ७२ वर्षीय वुद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।