२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

थापाले एक वक्तव्य जारी गर्दै भनेका छन् ,‘पटक पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका आफूलाई सुशिक्षित भनेर चिनाउन रुचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो ।’

उनले राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुने गरे पनि स्वाभाविक नै मानिने बताएका छन् । ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरुपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलौज गरिएको सन्दर्भ कुनै नौलो कुरा नभएको भन्दै आफ्नो निहित स्वार्थ पूरा गर्न प्रधानमन्त्रीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट रहेको थापाद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ । उनले त्यस्ता तत्त्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् र अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर रहेको बताएका छन् ।

‘शीशाको घरमा बसेर ढुङ्गा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ ।

राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रस्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैर जिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ । जो सभ्य समाजको मूल्य र मानक विपरीत रहेका छन् । तसर्थः जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु’ थापा द्वारा जारी वक्तव्यमा भनिएको छ ।

यस्तो छ जसपाको विज्ञप्ति : 

Image may contain: text that says "जनता समाजवादी पार्टी नेपाल केन्ट्रीय वालकुमारी ललितपुर विज्ञप्ती अध्यक्षद्दय नेपालको .महन्थ समायोजन आचारसंहिता लगायतका कार्यंसूचीहरु माथि अध्यक्षतामा ललितपूरमा परिस्थिति समसामयिक निस्नानुसारको निर्णयहरु महाविपत्तिवाट प्रधानमन्ती संधीयता, राजनीतिक परिस्थितिको नसकेको अवस्थामा धर्मनिरपेक्षता अत्यन्तै कमजोर काययोजना रोप्ने कार्य किसिमवाट अधिनायकवादी टिकाउन साम, दाम, विभाजन अधिकारक प्रतिपक्षलाई भूमिका सहमतिको जस्ता निर्भर अपनाउनुको गराउने बलियो सन्तुलित नश्लवादलाई प्रोत्साहन महंगीको केलीरहेका भार थप्ने पार्टीको जस्तो जस्तो पदको दुरुपयोग अग्रसर विषयलाई भारतसंग मुलुकहरुबीच कुटनीतिक सस्वस्धलाई कुटनीतिक असन्तुलन प्रदर्शन कालोवजारी कमिशनखोरीलाई जनतामाथि पेट्रोलियम मूल्य सरकारबाट संसदलाई आफ घटाउने एकताको प्रतिकको रुपमा राष्ट्रप गर्ने हतियारको गदै आईरहेको छ| संसदको आफनो"

प्रतिक्रिया दिनुहोस