१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलारीमा अनिश्चितकालीन लकडाउन

अ+ अ-

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ ।

गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज यहाँ गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेकोे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनले यदि कोराना सङ्क्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने बताए । मङ्गलबार क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।

‘हामीमा पनि कोरोना सङ्क्रमण हुनसक्ने भन्ने लागिरहेको छ’ प्रवक्ता चौधरीले भने, ‘जनप्रतिनिधिहरु क्वारेन्टिनको व्यवस्थापनका लागि त्यहाँ गइराख्ने, स्वास्थ्यकर्मीसँग भेटघाट भइराख्ने भएकाले जनप्रतिनिधि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको पीसीआर टेस्ट भइरहेको छ ।’

पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना सङ्क्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रहका निम्ति गाउँपालिकामा अहिले माइकिङ भइरहेको बताइएको छ ।

यसका साथै सामाजिक दूरी कायम गर्न, सबैलाई मास्क लगाउन, सरसफाइलगायतका क्रियाकलापमा ध्यान दिन पनि आग्रह गरिएको छ । वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि खोजी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस