३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना रोकथामका थप तयारी आवश्यक छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्रीले भारतबाट आउने कतिपय नेपाली क्वारेन्टिइनमा नबसी सिधै घर जाने गरेको पाइएको अवस्थामा सङ्क्रमणको जोखिम बढेको बताए।

उनले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न निर्देशनसमेत दिए । भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रबाट सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पठाउनुपर्ने जिम्मेवारी रहेकोमा पछिल्ला केही हप्तादेखि क्वारेन्टिनमा पठाउने काम कसैले नगरेको बताइएको छ । जसका कारण प्रदेशमा रोगको जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । हाल सुदूरपश्चिमका जिल्लामा रहेका क्वारेन्टिनमा झण्डै दुई हजार व्यक्ति मात्र बसिरहेका छन् ।

प्रदेशमा विभिन्न नाकाबाट हाल दैनिक ३०० देखि बढीमा एक हजारको सङ्ख्यामा नेपाली भित्रिइरहेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए ।’नेपाल भित्रिनेमध्य थोरै व्यक्तिमात्र क्वारेन्टिनमा जाने गरेको पाइएको छ’, डा.अवस्थीले भने, ‘भित्रिने कतिपय व्यक्ति क्वारेन्टिनमा नगएर सिधै घर जाने प्रवृत्तिले रोगको जोखिम थप बढेको छ ।’

बैठकमा कोभिड–१९ को उपचार र व्यवस्थापनमा हालसम्म भए गरेका कार्यको समीक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको छ । बैठकमा कोरोना सङ्क्रमितको उपचार गर्ने नयाँ पद्धति ‘प्लाज्मा थेरापी’ लागू गर्ने बारेमा समेत छलफल गरिएको छ । यो विधि हाल सेती प्रादेशिक अस्पताल धनगढीमा मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको डा. अवस्थीले जानकारी दिए । बैठकमा स्वास्थ्य निर्देशक डा.अवस्थी, प्रदेशका प्रमुख सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस