२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञहरुसँग प्रधानमन्त्रीको परामर्श सुरु

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरिरहेका छन् । समुदायमा कोरोना भाइरस (कोभिड–१९)ले नयाँ चरणमा प्रवेश गर्दै महामारीको थप जटिल रुप लिएपछि नियन्त्रणका लागि प्रधानमन्त्रीले स्वास्थ्यविज्ञहरुसँग परामर्श सुरु गरेका हुन्

प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशील विज्ञहरूलाई निवासमै बोलाएर परामर्श गरिरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफल साढे ११ बजेबाट सुरु भएको उनले बताए ।

छलफलमा कोरोना नियन्त्रण प्रभावकारी बनाउने र दोस्रो चरणको लकडाउनको मोडालिटीमा जानुपर्ने, नपर्नेबारे पनि प्रधानमन्त्रीले परामर्श गर्ने बताएका छन् ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

कोरोना संक्रमण समुदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय कोरोना संक्रमणको डरलाग्दो स्थिति देखिएको छ । समयमै सचेतना अपनाउन सकिएन भने समुदायमसम्म फैलिएर स्थिति नियन्त्रणमा आउन नसक्ने अवस्था पनि आउन सक्छ ।

उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र त्यसको नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस