२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले आगामी महिनादेखि कोरोनाविरुद्धको खोप बजारमा ल्याउने दाबी

अ+ अ-

काठमाडौं । रूसले कोरोना भाइरस विरुद्धको खोप आगामी महिनाबाटै ठूलो मात्रामा उत्पादन सुरु गरेर बजारमा ल्याउने दाबी गरेको छ । सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौं मात्रामा खोपको उत्पादन गर्ने रुसको तयारी रहेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानलाई अगाडि बढाएको जानकारी दिंदै मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको जनाएको छ।

रुसी उद्योगमन्त्री डेनिस मन्तुरोभले सेप्टेम्बरबाटै खोपको उत्पादन शुरु गर्ने बताए। आगामी सेप्टेम्बरदेखि खोप ठूलो मात्रामा उत्पादन शुरु गर्ने जनाउँदै सन् २०२१ को शुरूसम्ममा करोडौंको मात्रामा खोपको उत्पादन गर्ने रुसको दाबी छ।

खोप विकासमा लागेको सो संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको जानकारी दिए। यसैगरी साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको र अर्को दुई महिनामा मानवमा परीक्षण सुरु गरिने पनि उनले जानकारी दिए। विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरस विरोद्धको खोप बन्छ भन्ने आशा रहेको तर तत्काल बनिहाल्छ भन्नेमा विश्वस्त नरहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानमले समाचार ब्रिफिङका क्रममा खोप विकासमा खासै सफलता हासिल नभएको बताउँदै खोप कहिल्यै नबन्न पनि सक्छ भन्दै चेतावनी दिएका छन। डब्लुएचओ प्रमुख टेड्रोसले संसारभरका मानिसलाई सामाजिक दूरी कायम गर्ने, हात धुने र मास्क लगाउने जस्ता बानीलाई निरन्तरता दिन समेत आव्हान गरे। एजेन्सी

प्रतिक्रिया दिनुहोस