काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । नेकपा भित्र विवाद चर्किरहेको बेला ओली भैँसेपाटीस्थित गौतमको निवासमा पुगेका हुन् ।
साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेको प्रशासन स्रोतले बतायो ।
गौतमले मंगलबार(आज)मात्रै विवाद समाधानका लागि भन्दै दुई अध्यक्षलाई ६ बुँदै प्रस्ताव बुझाएका थिए । जसमा गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउने उल्लेख गरेका थिए ।