८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला नेतृ स्व. थापाको महत्वपूर्ण योगदान : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिलाहरुको राजनीतिक चेतना वृद्धिमा कम्युनिष्ट पार्टीकी अभिभावक बालकुमारी थापाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

भूमिगतकालमा नेपालका कम्युनिष्ट नेताहरुलाई आश्रय दिने तथा अखिल नेपाल महिला सङ्घको गठनमा महत्वपूर्ण भूमिका खुल्नुहुने उनको १३औँ दिनको पुण्यतिथिका अवसरका आज थापा निवास पुगेका मुख्यमन्त्री पौडेलले स्व थापाले चार पटकसम्म अनेम सङ्घको जिल्ला अध्यक्ष भएर मकवानपुरे महिलाको राजनीतिक चेतना वृद्धि तथा उत्पीडनका विरुद्धमा आवाज बुलन्द गर्न उत्प्रेरित गरेको बताए । उनले नेकपालाई हालको स्वरुपमा ल्याउन स्व थापाको उल्लेख्य योगदान रहेको चर्चा गरे ।

मुटुरोगले ग्रस्त ७६ वर्षीय थापाको गत असार २९ गते निधन भएको थियो । थापाले आफ्नो घरलाई विसं २०३५ देखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित आश्रय थलोको रुपमा प्रयोग गरेकि थिइन् । नेकपाका अग्रज नेताहरुका अनुसार तत्कालीन नेकपा मालेले उनको घरमा नै विसं २०३६ को जनमतसङ्ग्रहमा सहभागी नहुने निर्णय गरेको थियो ।

नेकपा मालेका तत्कालीन महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकमा जननेता मदन भण्डारीलगायतका नेताहरु सहभागी थिए । भूमिगत समयमा उनको घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीतिहरु बन्थे, महत्वपूर्ण निर्णयहरु हुन्थ्यो । अनेमसङ्घको स्थापना उनकै घरमा भएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस