७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

अ+ अ-

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ ।

पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।

खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टिन बनाएको छ । डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टिन बनाएको छ ।

क्वारेन्टिन बनाएको आधारभूत विद्यालय खरखुट्टे खाली गरिएको छ । अब बाँकी क्वारेन्टिन पनि खाली गरिँदै जाने प्रमुख चौधरीले बताए । विदेशबाट आउने र कोरोना सङ्क्रमण देखिएका जिल्लाबाट आएकालाई अब राधास्वामी सत्सङ भवन, दुर्गा मन्दिरस्थित पर्सा खानेपानीको भवनमा बनाएको क्वारेन्टिनमा राखिनेछ ।

खानेपानी भवनको क्वारेन्टिानमा विदेशबाट आएकाहरु बस्न शुरु गरिसकेको छन् । साउनभित्र विद्यालय सरसफाई गरेर तयारी अवस्थामा राखिने उनले बताए । ‘सरकारले भदौ १ गतेदेखि भर्ना शुरु गर्न निर्देशन दिइसक्यो’, प्रमुख चौधरीले भने, ‘पठनपाठन सुचारु गराउने गरि हामी तयारी गर्दै छौँ । राधा स्वामी सत्सङ भवनले निःशुल्क रुपमा क्वारेन्टिानलाई ठाउँ उपलब्ध गराएको छ ।’

ठाउँसँगै खानाखाजासमेत सोही संस्था उपलब्ध गराउन तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । सो संस्थामा मानिस बस्न शुरु गरेपछि खानेपानीको क्वारेन्टिनमा समेत उनीहरुले नै खानाको व्यवस्था गराउन इच्छुक भएको शर्माले जानकारी दिए ।

राधा स्वामी भवनमा ३० जना र खानेपानीको भवनमा १८ जना अट्ने क्षमताको क्वारेन्टिन बनाएको हो । डिज्नी पार्क रिसोर्ट बाहेक अन्य क्वारेन्टिनमा हाल खैरहनी नगरपालिकाले नै खानाखाजाको व्यवस्था गर्दै आएको छ । यहाँ रहेका क्वारेन्टिनमा हाल ५४ जना छन् । खैरहनीका क्वारेन्टिनमा कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएका २६१ जना भने घर फिर्ता भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस