७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना प्रभावित युवालाई कृषिका माध्यमबाट स्वरोजगार

अ+ अ-

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना प्रभावित युवालाई कृषिमा अभिप्रेरित गर्दै स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबाली पकेट क्षेत्रको रूपमा घोषणा गर्ने गाउँपालिकाको तयारी छ ।

मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने कुँवरले बताए । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उनले बताए ।

‘कृषिको आधुनिकीकरणका लागि यान्त्रिक हलो, प्लाष्टिक टनेल र सिँचाइ पाइपका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ’, उनले भने, ‘फलफूल तथा नगदे बालीका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न सुन्तला र कागतीका बिरुवामा ५० प्रतिशत अनुदान दिएका छौँ भने अलैँचीका बिरुवामा ७५ प्रतिशत अनुदान दिएका छौँ ।’

गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषिउपजलाई बजारीकरणका गर्न ढिकुरपोखरी र नयाँपुलमा कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए ।

ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाको लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस