९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहसी इन्जिनियर, जसले नेता-कर्मचारीको दबाब ‘धोती’ लाई दिए

अ+ अ-

काठमाडौँ । जताततै सेटिङ छ । सेटिङबिना सिन्कोसमेत भाँचिँदैन । पछिल्लो समय मुलुक संघीयतामा गएसँगै उक्त सेटिङ स्थानीय तहसम्मै फैलिएको छ । र, यो सेटिङको मुख्य नायक बन्ने गरेका छन् जनप्रतिनिधि र कर्मचारी । दुबैलाई लाभ हुने छ भने जे पनि गर्न पछि पर्दैनन् र नियम कानुन सबै ‘धोती’ लाइदिन्छन् भन्ने कुरा घाम जतिकै छर्लङ्ग छ । यसैको पछिल्लो उदाहरण हो एक इन्जिनियरले नेता तथा कर्मचारीको दबाब लिखितमै नकारी दिएको घटना ।

घटना बसबरिया गाउँपालिका, भवानीपुर, सर्लाहीको हो । असार १७ गतेसम्म सम्झौतासमेत नभएका योजनाहरू पहिलेकै मितिमा सम्झौता गराई काम सुचारु गराउन जनप्रतिनिधि र कर्मचारीहरूले नै दबाब दिएपछि प्राविधिक शाखा प्रमुख इन्जिनियर रवीन्द्र कुमार शाहले लिखित रूपमै प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आफूले त्यस्तो काम गर्न नसक्ने जनाएको भेटिएको छ । उनले प्रदेश तथा संघबाट आएको अनुदानको योजनाहरूको काम सम्पन्न नभईकन कार्य सम्पन्न दबाब दिइरहेको हुँदा आफू त्यसअनुसारको काम गर्न असक्षम रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृतलाई गराएका हुन् ।

दुवै पक्षले अति नै दबाब दिएपछि चिठी नै काट्न बाध्य उनले सो प्रशासकीय अधिकृतलाई लेखेको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मलंहवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास, जिल्ला समन्वय समिति मलंहवा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिहदरवारलाईसमेत पठाएका छन् ।

असार अन्तिममा योजनाहरूको सम्झौता गरेर रकम कुम्ल्याउने खोज्ने जनप्रतिनिधि-कर्मचारीको योजनालाई भत्काउने इन्जिनियर शाहको प्रयासलाई सबैले स्वागतयोग्य भनेका छन् । फर्जी काम गर्न आफू असक्षम रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ भने कसरी विकास योजनाहरू बाँडी चुँडी खाई रहेका छन् भन्ने उदाङ्गो भएको छ । भ्रष्टाचारका घटनामा प्राविधिकहरू कर्मचारीहरूमध्ये पनि विशेष गरी इन्जिनियरहरूकै मिलेमतोमा हुने गरेको पाई रहँदा शाहको सो प्रयासले सबै इन्जिनियर भ्रष्ट हुँदैनन् भन्ने सन्देशसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस