२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा विभाजनको कुनै गुञ्जायास छैन : नेता अधिकारी

अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा कास्कीले आज पोखरामा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रममा उनले पार्टीमा बहस र छलफल भए पनि विभाजन नहुने स्पष्ट पार्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका नेता अधिकारीले भने, “नेकपा एकीकृत नहुँदा संवैधानिक सङ्कटसमेत उत्पन्न हुन्छ, त्यसैले पार्टी एकताबद्ध छ, विभाजनको कुनै गुञ्जायससमेत छैन ।”

कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी रहेको उल्लेख गर्दै उनले पुष्पलालको सपना पूरा गर्नसमेत विचारले पार्टीलाई निर्देशित गर्नुपर्नेमा जोड दिए । नेता अधिकारीले जाति तथा भाषाभन्दा माथि उठेर सङ्गठन, सङ्घर्ष र सिद्धान्तको नेतृत्व स्व पुष्पलालले गरेको बताउँदै पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका पार्टी नेतृत्व तथा लाभको पदमा बसेकाहरुले समेत आफूभन्दा पनि पार्टीलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय कमिटीका सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले धैर्यतापूर्वक पार्टीका अग्रज नेताहरुले देखाएको बाटोमा अविचलित भई अघि बढ्नु नै उहाँहरुप्रतिको सम्मान रहेको बताए ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष कृष्णबहादुर थापा तथा सचिव बखानसिंह गुरुङले संस्थापक महासचिव पुष्पलालको व्यक्तित्व तथा योगदानमाथि चर्चा गर्दै उनका सपना पूरा गर्न पार्टी कार्यकर्तालाई भावनात्मक रुपमा एकताबद्ध हुन आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस