जनकपुरधाम । सर्लाहीमा खाटबाट लडेर एक ४० पुरुषको मृत्यु भएको छ । हरिपुर नगरपालिका–२ घर भई इश्वरपुर नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ ईश्वरपुर नगरपालिका–३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका थिए । उनी सुतिरहेको अवस्थामा खाटबाट लडेर घाइते भएका थिए । घाइते श्रेष्ठलाई लालबन्दी मोडल अस्पताल र दरभंगा सिटी स्क्यान सेन्टर जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए ।
उनले मृतकको शव अहिले जिल्ला अस्पताल सर्लाहीमा राखिएको बताए ।