१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

अ+ अ-

महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

दुई अन्य साथीसँग नुहाउन गएका मिश्र गहिरो खाल्डोको पानीमा चिप्लिएर डुबेका हुन् । उनलाई तत्काल उद्धार गरी बर्दिवास–१४ कै शुभस्वस्तिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरेर अन्तिम संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन् ।

किशोरको मृत्युसँगै जथाभावी खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन् । रातु नदीको नदीउकास क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाल्डामा परी बर्सेनि ज्यान जाने गरेको छ । यसअघि गत असारमा यस्तै खाल्डोमा परेर छिमेकको भङ्गाहा–४ मा र गत वर्ष बर्दिवास–९ पशुपतिनगरमा एक÷एक किशोरको मृत्यु भएको थियो ।

नदीउकास क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाल्डो खन्न नपाइने प्रावधान भए पनि यहाँ २५÷३० फिट गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ (बालु–ढुङ्गा) निकालिने गरिएको छ । यससम्बन्धमा बर्सेनि सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरे पनि मापदण्ड नाघेर खाल्डा खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा भने नपरेका यहाँका सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस