१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा पक्राउ

अ+ अ-

काठमाडौं । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको थियो । ‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ’ भने झैँ अन्ततः उनी प्रहरीको नजरमा लुक्न सकेनन् ।

यसरी भाञ्जाको हत्या आरोपित एक भारतीयलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शनिबार पक्राउ गरेको छ । अभियुक्त भारत बिहार, सीतामढी जिल्ला मुजफ्फरपुर घर भई तत्कालीन काठमाडौँ महानगरपालिका–२२ खिचापोखरी बस्ने ४५ वर्षीय राजेशकुमार गुप्ता हुन् । नेपालीलाई मतियार बनाएर अपरहण गरी उनले आफ्नै भाञ्जाको हत्या गरेको अभियोग लगाइएको छ । फिरौती लिएर पनि उनले भाञ्जालाई सकुशल छाडेनन् । बेलाबेलामा नेपाल आए पनि भारतमा लुक्दै आएका उनलाई तेह्र वर्षपछि प्रहरीले समातेको हो ।

त्यतिखेर ११ वर्षीय रोहित गुप्ता राय स्कूल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । सहयोगीको साथ लिएर राजेशले विसं २०६४ असोज २४ गते राति रोहितको अपहरणपछि हत्या गरेको आरोप लगाइएको छ । आफ्नै ज्वाइँलाई झुक्यानमा पारी फिरौती रकम लिएर पनि उनले हत्या गरेको आरोप महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले लगाए ।

राजेशले रोहितका बाबु वासुदेवसँग छोरा अपहरणमा परेकाले रु दुई लाख पचास हजार फिरौती मागेका थिए । कुरा गर्दा रु दुई लाख दिने सहमति भयो । उक्त सूचना प्रहरीमा आएपछि खोजतलासका क्रममा असोज २७ गते राति काठमाडौँ महानगरपालिका –३२ कमलादीस्थित गणेश मन्दिर नजीक सडक पेटीमा प्लाष्टिकका बोरामा एउटा पोको फेला प¥यो । पोको खोल्दा भेटिएको शव रोहितको थियो ।

अनुसन्धानको सिलसिलामा ती अपहरणकाकी अरु कोही नभएर आफ्नै मामा राजेशकुमार रहेको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । उनले आफ्ना पुराना सहयोगी (कामदार)धादिङका विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहानामा बालकलाई अपहरण गरेका थिए । बालकको हत्यापछि बोरामा हालेर खुद्रा सामान भएको भनी भरिया प्रयोग गरेर कमलादीमा लगी फ्याँकेको प्रहरीले जनाएको छ ।

योजनामुताविक सुनारले वासुदेवलाई फोन गरेर फिरौती रकम बालकका मामा राजेशलाई पठाउन भने । सोहीअनुसार फिरौती बुझ्न ज्वाइँकहाँ मामा पुगेका थिए । घटनापछि राजेशले फिरौतीबापतको रु दुई लाख बुझे । उनले वासुदेवलाई ट्याक्सीमा आएका अपरिचित व्यक्तिले थानकोटको त्रिभुवन पार्कबाट लुटेको बहाना बुने ।

बालकका बुवा वासुदेवलाई समेत झुक्यानमा पारी राजेशले केही दिन अनुसन्धानमा सहयोग गरे जस्तो पनि गरे । पटकपटक प्रहरी कार्यालयमा पुगेर खोजतलामा सरिक भए । त्यसपछि छठको बहानामा घर जाने भनी उनी फरार भएका थिए ।

घटनामा संलग्न सुनार सोही साल मङ्सिर ८ गते नै पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । उनकै बयानका आधारमा प्रहरी राजेशसम्म पुगेको थियो । सुनार हाल कारागारमा छन् । फरार हुँदै आएका राजेश भने भारत पुगेको सूचना प्रहरीमा थियो । सुपुर्दगी ऐनअनुसार उनलाई ल्याउने प्रयास सफल हुन सकेन ।

उनी नेपाल आउजाउ गरेको सूचना प्राप्त भएपछि केहीअघि विराटनगरमा पक्राउ गर्न लाग्दा उम्किएका थिए । यसपटक उनी सर्लाहीमा रहेको महानगरीय अपराध महाशाखामा सूचना आयो । तत्कालै टोली पठाएर शनिबार सर्लाहीको मलङ्गवाबाट महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । वासुदेवको काठमाडौँमा कपडाको पसल छ । पहिले राजेश पनि कपडाको थोकव्यापार गर्थे । घाटा लागेपछि पेशा छाडेर धेरै कमाउने लोभमा अपराध कर्म गरेको खुल्न आएका प्रवउ थापाले बताए ।

प्रतिक्रिया दिनुहोस