काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेर १० मिनेटमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल बताइएको छ। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो।
गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौँ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटकपटक स्थगन हुँदै आएको छ।
शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठक भने आइतबारसम्मका लागि स्थगन गरिएको छ।
्
सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।