काठमाडौं । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको बताएपछि पुरातत्व विभागले उत्खनन गर्ने भएको हो।
विभागले अध्ययन र पुरातात्विक खोजी गर्ने बताएको छ । प्रधानमन्त्रीले बोलेपछि त्यसठाउँका बारेमा अनुसन्धान गर्ने पर्ने भएको स्रोतले बताएको छ ।
अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिने विभागले जनाएको छ । विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसकिने हुँदा अध्ययनका लागि थप बजेटको व्यवस्थापन गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने विभागका एक अधिकारीले बताए । अहिले बाहिर आएका प्रमाणहरु अप्रमाणिक रहेको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो या थिएन भन्ने स्पष्ट हुने छ ।
हाल त्यस क्षेत्रमा वाल्मीकि आमश्र रहेको र त्यहाँको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिँदै आएको छ । स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भने हुन सकेको छैन ।