काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद तथा पूर्व गृहमन्त्री भीम रावले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न चिन्ह उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नेता रावलले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
नेता रावलले ट्विटरमार्फत अहिलेको परिस्थिति भारतसँग वार्ता गर्नु पर्ने तथा नेपालमा बाढी पीडितहरूको उद्धार गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीलाई अयोध्याबारे बहस गर्नुपर्ने कस्तो तन्त्र भनी प्रश्न गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराई बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने होकी राम र अयोध्याबारे बहस गर्नुपर्ने ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नुपर्ने कस्तो तन्त्र हो ?’
यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो?विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो?
— Bhim Rawal, PhD (@BhimRawal179) July 14, 2020