११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापन कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देशन

अ+ अ-

डोटी । बर्सातको समय शुरु भएदेखि जिल्लामा बाढीपहिरोले क्षति गर्न थालेका कारण विपद् व्यवस्थापनमा जुट्न यहाँका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् प्रतिकार्यका लागि विभिन्न क्लस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताए । उनले प्राकृतिक विपद्मा परेकाहरुको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्वतयारी गरिएसँगै विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिएका हुन्।

उनले भने, ‘जिल्लामा हप्तौँदेखि भारी वर्षा शुरु भएको छ, यहाँका कतिपय पालिका बाढी पहिरोको उच्च जोखिममा भएकाले कहीँ कतै कुनै समस्या भए तत्काल उद्धारमा खटिनका लागि सुरक्षा निकायलाई हाइअलर्टमा राख्न निर्देशन दिएको छु ।’ त्यसैगरी जिल्ला प्रशासनले जिल्लामा प्राकृति विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरेको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोहीअनुसारका तयारी थालिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । केही दिनयतादेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएकाले डोटीमा पनि विपद्बाट जोगिन प्राकृतिक विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

त्यसैगरी जिल्लाका नौवटै स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारी गर्न, नदी कटान, बाढीपहिरो तथा डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा राख्नका लागि जिल्ला प्रशासनले सबै स्थानीय तहमा पत्राचारसमेत गरेको छ । जिल्लामा सेतीनदी आसपास बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, गेरुपानी, दिपायल तथा नारिदाङलगायतका क्षेत्रलाई नदीको कटान तथा बाढीले क्षति गर्न सक्ने भन्दै उच्च जोखिममा राखिएको छ ।

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले २४सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको छ । जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । जिल्लामा हप्तौँदेखि वर्षा भइरहे पनि सबैजसो नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

डोटी जिल्लामा भारी वर्षा शुरु भएसँगै बाढीपहिरोको त्रास फैलिएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयवासी, सुत्केरी तथा बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या भएको छ । वर्षाकै कारण केही दिन पहिले जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँमा पहिरो जाँदा आठ परिवारका ४० जना विस्थापित भएका थिए । पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा छ महिने एक शिशुको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस