११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै

अ+ अ-

काठमाडौँ । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । सोअनुसार पाँच करोड ८४ लाख नौ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो । त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक÷एक कम्पनी रहेका छन् ।

चार बीमा कम्पनीको साधारण शेयर आउँदै
बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रु ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले पनि रु ३० करोड बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि रु २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजनाले रु आठ करोड ९६ लाख ९५ हजार २२० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ ।

शुभम् पावर लिमिटेडले रु पाँच करोड ८० लाख ५८ हजार बराबरको पाँच लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले रु एक खर्ब ५० करोड बराबरको एक करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६०० बराबरको सात लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रु ३९ करोड ३६ लाख पाँच हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले रु तीन करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले रु ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सले रु १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले रु पाँच करोड बराबरको पाँच लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

बोर्डले चालू आवमा कुल नौ कम्पनीका रु तीन अर्ब ९९ करोड ४८ लाख चार हजार बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ ।

सो कम्पनीले रु ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रु सात करोड सात लाख ८० हजार बराबरको सात लाख सात हजार ८०० कित्ता साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस