२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व चुहावट : ७७ करोड बिगो दाबीसहित मुद्दा

अ+ अ-

काठमाडौँ । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो । झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले रु एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ । राजश्व छली गरेको अभियोगमा रु चार करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ ।

विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसूरमा काठमाडौँको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुई जनाविरुद्ध रु ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीले बताए।

यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिले राजश्व चुहावट गरेको अभियोगमा रु १८ करोड बिगो बराबरको राजश्व छलेको पाइएको छ ।

ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले नौ करोड बिगो बराबरको राजश्व चुहावट गरेको अभियोग छ । उक्त कम्पनीविरुद्ध जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस