मन्त्रालयबाहेकका कर्मचारीलाई सिंहदरवारमा प्रवेश रोक ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रालयबाहेकका कर्मचारीलाई सिंहदरवारमा प्रवेश रोक !


१७ असार २०७७, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले सरकारी कर्मचारीहरूलाई नै सिंहदरवारमा प्रवेशमा कडाइ गरेको छ ।

ठुलो सङ्ख्यामा उपस्थित प्रहरीहरूले सिंहदरवारभित्रै कार्यरत कर्मचारीबाहेक अन्य सरकारी कर्मचारीलाई मूल गेटबाटै प्रवेशमा रोक लगाएको हो ।

संसद्को राज्य व्यवस्था समितिले सोमबार पारित गरेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक कर्मचारीकै हित विरुद्ध भएको भन्दै सिंहदरवारभित्रै आन्दोलन चर्काउने कर्मचारीको उद्घोषपछि सरकारले ठुलो सङ्ख्यामा प्रहरीहरू परिचालन गरेर आन्दोलन हुन नदिन कर्मचारी प्रवेशमा नै रोक लगाएको हो । ठुलो सङ्ख्यामा रहेका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको भावना विपरीत र योगदानको अवमूल्यन गर्दै मनोबल कमजोर बनाउने गरी ऐन ल्याएको भन्दै नासुहरूले मंगलवार(हिजो) मात्रै सिँहदरवारभित्रै प्रदर्शन गरेको थिए भने दिउँसो मात्रै असन्तुष्ट अधिकृतहरूको भेलाले बुधवार(आज) सवा ९ बजे सिंहदरवारभित्र विशाल आन्दोलनको तरंग ल्याउने भन्दै ‘निजामती सेवा संरक्षण संघर्ष समूह’ गठन गरेका थिए ।

सम्बन्धित समाचार : नासुहरूद्वारा सिंहदरवारमा आन्दोलन

सम्बन्धित समाचार : सिंहदरवारका अधिकृत आन्दोलित : गिराएर मनोबल, कस्तो खोजेको प्रतिफल !

तर हिजो राति नै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको छलफलका क्रममा सबै कर्मचारीहरू ट्रेड युनियनकै नेतृत्वमा सामूहिक आन्दोलनमा जाने तयारीमा रहेको एक कर्मचारीले बताएका छन् ।

आन्दोलन हुन सक्नेभन्दै अन्य कर्मचारीलाईसमेत सिंहदरवार प्रवेशमा रोक लगाएपछि सरकारी कामका लागि आएका अन्य कार्यालयका कर्मचारीहरूसमेत प्रवेश गर्न पाएका छैनन् ।

  

 

प्रतिक्रिया दिनुहोस