काठमाडौँ । संसद्को राज्य व्यवस्था समितिले सोमबार पारित गरेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक कर्मचारीकै हित विरुद्ध भएको भन्दै कर्मचारीहरू देशव्यापी रूपमा एकबद्ध भई आन्दोलन सुरु गरेका छन् ।
विधेयकमा कर्मचारीमाथि विभेद गरेको भन्दै मंगलबार सिंहदरबार वाट आन्दोलन सुरु गरेका नासुहरूले आफ्नो अभियानलाई देशव्यापी बनाउँदै लगेका छन् । सोही क्रममा शिव प्रसाद पौडेलको संयोजकत्वमा कास्की जिल्लामा नासु बचाउ अभियान परिचालन सम्पर्क समिति गठन भएको छ ।
निजामती भित्रै पनि राजपत्र अनंकित कर्मचारीलाई सौतेनी व्यवहार भएकोले विधेयक मस्यौदा सच्याउन र ट्रेड युनियनलाई दबाब दिन जिल्ला जिल्लामा समिति गठन भइरहेको नासु बचाउ अभियन्ता श्रीराम पौडेलले बताए ।