काठमाडौँ । लोक सेवा आयोगबाट सिफारिस २२ जना सहसचिवले नियुक्ति पत्र बुझेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त दिने निर्णय गरेसँगै ती सहसचिवहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति पत्र प्रदान गरेको हो ।
सम्बन्धित समाचार : सहसचिवको नतिजा सार्वजनिक, यी हुन् थपिएका २२ सहसचिव(नामावलीसहित)
मन्त्रालयको अतिरिक्त समूहमा राखिएका नवनियुक्त सहसचिवहरूलाई मन्त्री हृदयेश त्रिपाठीले बधाई दिँदै खादा लगाई दिएर स्वागत गरेका थिए । केही दिन भित्र मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्नेछ ।