३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सर्किट ब्रेक

अ+ अ-

काठमाडौँ । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो । यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय ग¥यो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो ।

बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ । स्टकका अनुसार कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत १५.६३ विन्दु अर्थात ६.१० प्रतिशतले बढेको छ ।

कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोवार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ६४ लाख ३८ हजार ६० बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५२ लाख २३ हजार ७९०, साना किसान विकास बैंक रु एक करोड ६७ लाख ७१ हजार ६९८, शिवम सिमेन्ट रु एक करोड २६ लाख ३० हजार ८०७, नेपाल पुर्नबीमा कम्पनी रु ७० लाख १६ हजार ५९०, एनएमबी बैंक रु ६३ लाख ४३ हजार ६९७ र नबिल बैंक रु ६२ लाख दुइृ हजार ५८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । साल्ट ट्रेडिङ कर्पोरेशन ९.९८, विजय लघुवित्त वित्तीय संस्था ९.९८, हिमालयन डिस्टिलरी ९.९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९.९४, ओरियन्टल होटल ९.७३, सानिमा इक्विटी फण्ड ३.८९, वेस्ट फाइनान्स कम्पनी २.२७, एनआइबिएल समृद्धि फण्ड एक १.९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १.९७ प्रतिशतले कमाएका छन् । बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी बजारमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस