२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहतको सट्टा रोजगारी

अ+ अ-

कावासोती । राहत वितरणमा केन्द्रित यहाँका स्थानीय तह अहिले विपन्नलाई रोजगारी प्रदान गर्न लागेका छन् । विपन्नलाई राहत भन्दा रोजगारीले छाक टार्न सजिलो हुने भएपछि स्थानीय तहले विपन्नलाई बाटो, नाला, कुलो , पदमार्ग निर्माण कामदिन थालेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् विपन्नलाई रोजगारी दिइएको हो । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाले बन्दाबन्दीमा प्रभावित बनेका दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्नेलाई राहतको सट्टा रोजगारी दिने तयारी गरेको छ ।

गाउँपालिकाले सो कार्यक्रममा सूचीकृत भएका ४४५ जनालाई आवश्यकता अनुसार रोजगार कार्यक्रममा समावेश गर्न लागेको हो । बन्दाबन्दीले प्रभावित भएका दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएकालाई प्राथमिकतामा राखी राहातको सट्टा रोजगार प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले बताए ।

‘हामीले बन्दाबन्दीमा प्रभावितहरु लाई राहातको सट्टा रोजगार प्रदान गर्न लागेका छौ’ उनले भने–“यसले काम पनि हुने र बन्दाबन्दीले प्रभावित विपन्नलाई राहातसमेत हुने छ ।” सो गाउँपालिकाले कार्यक्रम अन्तर्गतको रकमबाट पूर्व–पश्चिम राजमार्गको डण्डादेखि झारेभञ्ज्याङसम्मको सडकलाई बाह्रैमहिना सञ्चालन हुने बनाउन लागेको छ । सो सडक खण्डमा रहेका विभिन्न जोखिमयुक्त मोडकोसमेत सुधार गरी बाटोको स्तरोउन्नति गरिने जनाइएको छ ।

‘यो सडकमा बाह्रैमहिना गाडी गुड्नसक्ने अवस्था छैन्, विभिन्न स्थानमा जोखिमयुक्त मोड छन् , कार्यक्रममार्फत यसको स्तरोन्नति गरिनेछ’ उनले भने–“यसले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता त थप्नेनै छ, मोड सुधारले सम्भावित सडक दुर्घटनालाई समेट घटाउने छ ।”

सो कार्यक्रम मार्फत् डण्डा–झ्यालबास–गुरुङघाट–रातेखोला–दुलुङ्गा –बसेनी –झारेभञ्ज्याङ सडकको काम शुरुआत गरिनेछ । सो कार्यक्रमको रु २२ लाख ८८ हजार बजेटबाट सूचीकृत भएकालाई कम्तीमा १५ दिन रोजगार प्रदान गर्ने जनाइएको छ

कावासोती नगरपालिकालेसमेत बन्दाबन्दीले प्रभावित भएकालाई प्राथमिकतामा राखी रोजगार प्रदान गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताए । “हामीले बन्दाबन्दीले प्रभावितहरुलाई प्राथमिकतामा राखी रोजगार प्रदान गरिरहेका छौ” उनले भने–“रोजगारले राहतको समेत काम गर्ने छ ।”

यहाँका अन्य स्थानीय तहले पनि अहिले सो कार्यक्रममार्फत् बन्दाबन्दीले प्रभावित भएकालाई रोजगारी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस