९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ ।

मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आउनुभएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो ।

कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा राजकिशोर साह छन् ।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा बाबुराजा अमात्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस