२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियामा स्वाथ्यकर्मी र कर्मचारीमा संक्रमण : गाउँ र कार्यालय बन्द

अ+ अ-

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्णरुपले बन्द गरिएको छ । संक्रमित बाँसगढी नगरपालिका –७ डेउढाकलामा रहेको स्वास्थ्यचौकीका ल्याब असिस्टेण्ट हुन् ।

संक्रमितको परिवारका सदस्यको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीनसम्मका लागि पूर्णरुपले बन्द गरिएको छ । संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ । दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्णरुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए । संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्णरुपले बन्द गरिएको छ । जिप्रकालाई बन्द गरी १९ जनाको शनिबार नै पिसिआरका लागि स्वाब संकलन गरिएको छ । जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीले चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस