२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बतबाट सात करोडभन्दा बढीको स्वास्थ्य सामग्री प्राप्त

अ+ अ-

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले आज यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताए ।

तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको छ बताउँदै उनले सरकारले यस प्रदेशमा पिसिआर पद्धतिबाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिए । मुख्यमन्त्री राईले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उपयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने बताउँदै कोरोनाको उपचारका लागि सरकार हरतरहको प्रयास जारी राखेको बताए ।

परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यवसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बतबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस