९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिफोनबाटै मनोपरामर्श

अ+ अ-

लम्की । नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ ।

कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।

यसरी विदेशमा रहेका नागरिक र उनीहरुका परिवारमा समेत मनोसामाजिक असर देखिन थालेको छ । कोरोनाको महामारीसँगै मनोसामाजिक असर देखा पर्दै गएकाले कैलालीमा सुरक्षित आप्रवासन परियोजना ९सामी०ले टेलिफोनमार्फत सूचना दिने र परामर्श दिने काम गरिरहेको परियोजना संयोजक पञ्चराम चौधरीले बताए । “विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ”, संयोजक चौधरीले भने, “यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौँ ।”

कैलालीबाट श्रमस्वीकृत लिएर ६० हजार व्यक्ति विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा गएका छन् । श्रम गर्न विदेश गएकाको गन्तव्य मुलुकको पीडा एकातिर छ भने घर फर्किएका नागरिक पनि विभिन्न पक्षबाट समस्यामा परेका छन् । लामो वैदेशिक बसाइपश्चात् फर्किएका नागरिकले गाउँघरमा दुव्र्यवहार, अपहेलनाजस्ता समस्या भोगिरहेको बताउँछन् । जानकी गाउँपालिकाका सेवक चौधरी गत चैत ९ गते मलेशियाबाट नेपाल फर्किएका हुन् । “एक महिने बिदामा घर फर्किएको थिएँ । घर आएपछि लकडाउन भयो”, चौधरीले भने, “म घरभित्रै सीमित भएको छु । कतै गयो, कसैसँग बोल्यो भने सङ्क्रमित हुनसक्छ भन्दै बोल्नै डराउँछन् । समाजको दुव्र्यवहार सहनै कठिन भएको छ ।”

विदेश तथा बाहिरी जिल्लाबाट फर्किएका अधिकांश घर जान नपाई क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनीहरुमा समेत नकारात्मक विचार उत्पन्न हुने, वितृष्णा पैदा हुने, मनोबल घट्नेजस्ता समस्या आउन थालेको परियोजना संयोजक चौधरी बताउँछन् । “यस्तो समस्यामा परेकालाई हामीले मनोसामाजिक परार्मश दिने कार्य गर्न थालेका हौँ”, उनले भने । तेस्रो मुलुक तथा भारतबाट फर्केका व्यक्तिलाई समस्या परे परियोजनाले धनगढीको सुरक्षित आप्रवासनमार्फत टेलिफोन परामर्श दिनुका साथै चार जना मनोपरामर्शकर्तालाई आवश्यक पर्ने क्वारेन्टिनमा गएर सेवा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला टेलिफोन सूचना र परामर्श दिँदा प्रभावकारी बन्ने परियोजनाको ठहर छ । परियोजनाले अहिलेसम्म कैलालीमा २१० जनालाई परामर्श दिइसकेको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकासँगको साझेदारीमा स्थानीय सेवा प्रदायक संस्था ट्रेस नेपालले सञ्चालन गरिरहेको हुनाले समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर तथा विदेशस्थित नेपाली जदूतावासमार्फत पहल हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस