१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् ।

यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।

सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी७ को संरचना नै “पुरानो र असान्दर्भिक” भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका हुन् ।

अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, “मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि७ समूहले सम्बोधन गर्न सक्दैन ।”

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो ।

जी७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्र सहित कोरोनाभाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहनु भएको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए ।

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले जी७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गर्नु भएको छ । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाएका हुन् ।

रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस