वीरेन्द्रनगर । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेखका १७ र कालीकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १२३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अब कर्णाली प्रदेशका जिल्लाहरुमा संक्रमितको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् । संक्रमित पुष्टि भएका बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत रहेका उनले बताए ।
कर्णाली प्रदेशको दैलेखमा शनिबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।