काठमाडौं । बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चजार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्।
अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।