कैलाली । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस(कोभिड–१९) को र्यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ ।
र्यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी आइपुगेको र प्रादेशिक स्वास्थ्य निर्देशनालयले त्यसमा चार जना सदस्य थप गरेर परीक्षणका लागि टोली खटाइएको जनाएको छ ।
टोलीले १० जनाको टोली २ भागमा विभाजन गरेर र्यापिड टेष्ट गरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उक्त दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्ने छ ।
सुदूरपश्चिम प्रदेशका ४ जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको छ । सोही निर्णयानुसार २ दिनमा कैलाली र कञ्चनपुरका २ सयको परीक्षण गरिँदैछ ।