प्रमुख प्रशासकीय अधिकृतमा अर्यालको पद बहाली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतमा अर्यालको पद बहाली


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन तथा सरुवा भएका सचिव एकनारायण अर्यालले पद बहाली गरेका छन् ।

मन्त्रिपरिषद्को फागुन १८ गते बसेको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत थिए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले विषम परिस्थितिमा प्रशासकीय प्रमुखको रूपमा पदभार ग्रहण गरिरहँदा महानगरको समग्र विकास र समृद्धिमा दत्तचित्त भएर लाग्नुका साथै चुस्त सेवा र भ्रष्टाचार शून्य सहनशीलता आफ्नो प्रमुख बाटो हुने बताए ।

जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउन चाहेको र त्यसका लागि सम्पूर्ण टिमको तर्फबाट सकारात्मक पृष्ठ पोषणको अपेक्षा गरेको उनको भनाई थियो ।

यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी एवं गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको रूपमा काम गरिसकेका छन् ।

सङ्घीय राजधानीस्थित देशकै ठुलो महानगरमा महिनौँसम्म कार्यकारी पद रिक्त रहेको र कोरोना संक्रमणका समयमा अझ बढी प्रमुखको आवश्यकता रहने भन्दै कर्मचारीले आवाज उठाएका थिए ।

सम्बन्धित : संवेदनशील घडीमा सचिव नै महिनौँ अनुपस्थित !

महावाणिज्यदूतबाट बिदाइ हुँदै गर्दा कूटनीतिक प्रक्रिया पुरा गर्दा केही समय लागेको र लगत्तै नेपाल फकिँदा नियमानुसार १४ दिन अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्नु परेकोले आइतबार मात्रै पुरा भएकोले सोमबार(आज)देखि कार्यालयमा पदभार ग्रहण गर्ने अर्यालले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस