२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसका कारण अमेरिकामा दुई लाखको मृत्यु हुनसक्ने विज्ञको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी सरकारका एक जना अग्रणी विज्ञले कोरोना भाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड-१९ कार्यदलका एक जना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतबार त्यस्तो बताएका हुन्।

अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोना भाइरसका सङ्क्रमितहरू छन्।

सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएको बीबीसीले जनाएको छ ।

तर उनले तत्कालै त्यस्तो सङ्ख्या ‘सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको’ अनुमान भन्दै ‘आफू त्यसमा अडिग रहन नचाहेको’ बताए।

‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसै गरी गम्भीर समस्या विकसित हुने क्रममा’ भएको
डाक्टर फाउचीले बताएका छन् ।

पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गत साता अमेरिकाले चीन र इटलीलाई उछिनेको भए पनि मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।

अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको र त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन(गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यु योर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ।

न्यु योर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौजुदा रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताएका छन्।

अमेरिकाका आधा जसो सङ्क्रमित न्यु योर्क राज्यमा छन्। राष्ट्रपति ट्रम्पले आइतबार उक्त राज्यलाई क्वारन्टीनमा राख्नेबारे विचार गरेको बताए पनि अहिले त्यो आवश्यक नपर्ने भन्दै पछि हटेका थिए।

न्यूयोर्कमा गभर्नर एन्ड्रिउ कोमोले क्वारन्टीनलाई निरर्थक बताएपछि आफू पछाडि हटेको ट्रम्पको भनाइ थियो।

त्यसको विकल्पमा कडा यात्रा प्रतिबन्धहरू लगाइएको र त्यो एप्रिल अन्त्यसम्म जारी रहने ट्रम्पले बताए।

ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च बिन्दु पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको र उच्च प्रभावित न्यु योर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस