काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको भेटिएको छ। उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी १७ मार्च(चैत ४ गते) कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी थिइन् ।
सोही विमानमा आएकी काठमाडौँकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।
सम्बन्धित समाचार : फ्रान्सबाट आएका एक नेपालीमा देखियो कोरोना भाइरस
फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।
हाल ती किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनले नेपाल आएलगत्तै निजी अस्पतालबाट औषधि किनेर लगेको र सेवन गरेको खुलेको छ।
दोस्रो संक्रमितबारे मन्त्रालयको दिएको जानकारी
पाँचौँ संक्रमितबारे मन्त्रालयको दिएको जानकारी