काठमाडौँ । कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् ।
धनगढीमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । यससँगै उनी नेपालमा कोरोना संक्रमण हुने चौथो व्यक्ति हुन् ।
हिजो आठवटा स्याम्पल आएकोमा त्यसमध्ये एक जनाको पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
संक्रमित व्यक्ति दुबईबाट फर्किएको र उनको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो। जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ। जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन्।