काठमाडौँ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।
स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।
औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने छ र भेन्टिलेटरलगायत उपचार सामाग्रीहरु ल्याउनेछ ।