सचिवलाई केही भएमा मन्त्री जिम्मेवार ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवलाई केही भएमा मन्त्री जिम्मेवार !


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)ले सुदूरपश्चिम प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सचिव डा. दीपककुमार खराललाई दिएको धम्कीको भर्त्सना गरेको छ ।

युनियनले एक विज्ञप्ति प्रकाशित गर्दै कानुन विपरीत ज्यान मार्ने धम्की दिएसँगै कुनै घटना भएका त्यसको जिम्मेवार मन्त्री नै हुनुपर्ने भन्दै उक्त धम्कीको भर्त्सना गरेको हो ।

द्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले ज्यान मार्ने धम्की दिएकीले आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै सचिव खरालले प्रदेश प्रमुख सचिवकोमा निवेदन दिएको घटनालाई लिएर युनियनले आपत्ति जनाएको हो ।

सम्बन्धित समाचार  : मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै सचिवद्वारा सुरक्षाको माग

‘प्रदेश सरकार र त्यहाँका कर्मचारीहरूको सुरक्षामा आँच आउने हुँदा कार्यकक्षमा हुने यस्ता प्रकारका हिंसा र कर्मचारीको असुरक्षा रोक्न सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘कानुन विपरीत ज्यान मार्ने नै धम्की दिएमा कुनै घटना भएमा सो जिम्मेवार स्वयं मन्त्री नै हुनुहुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस