२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय गौरवका यी आयोजना : जसले दिँदैछन् सकारात्मक सन्देश

अ+ अ-

काठमाडौं । सरकारको सार्थक प्रयासका कारण राष्ट्रिय गौरवका आयोजना क्रमशः सफलताको बिन्दुमा पुगेका छन् ।

पछिल्ला दिनमा आएका सकारात्मक खबरले पनि ती आयोजना निर्माणको अन्तिम चरणमा पुगेको अनुभव गर्न सकिन्छ । संसार नै कोरोना भाइरसका कारण आतङ्कित भइरहेको बेला नेपालमा भने एकाध आयोजनाबाहेक निर्माण क्षेत्रमा खासै प्रभाव परेको छैन ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा सोमबारदेखि पानी जम्मा गरेर परीक्षण थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण ९९ दशमलव ३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

आयोजनाको बाँध, बालुवा थिग्रयाउने पोखरीको परीक्षण थालिएको र नियमित परीक्षण गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आगामी असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रमुख जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको कार्य जारी छ ।

प्रवक्ता न्यौपानेका अनुसार सात दिनसम्म लगातार पानी जम्मा गर्दै परीक्षण गरिनेछ । उहाँले आयोजनाको भौतिक संरचनाको अवस्थालाई समेत परीक्षणबाट पत्ता लाग्ने जानकारी दिए।

यस्तै लामो समयदेखि काठमाडौँवासीको लागि महत्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा समेत पानी पठाएर परीक्षण थालिएको छ । खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा सोमबार नै आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको हो ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवस्थामा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण असर परेको छ । माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना दुवै आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएका ठूला आयोजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढाएको भए पनि विभिन्न कारणले अगाडि बढ्न सकेको थिएन । तर पछिल्लो पटक सरकारले सबै प्रकारको साधन र स्रोतको उपलब्ध गराएको, आयोजनाका पदाधिकारीलाई जिम्मेवार बनाएको तथा कार्यसम्पादन करारमार्फत पनि काम गरिएका कारण केही आयोजनाले आशालाग्दो सङ्केत दिएका छन् ।

माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेर परीक्षण थालिनुले पनि एउटा खुशीको सञ्चार गरेको छ । प्रवक्ता डा न्यौपानेको शब्दमा “यो आफैँमा महत्वपूर्ण दिन हो ।” यस्तै राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको निर्माण पनि द्रुत गतिमा अगाडि बढिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण कार्यको जिम्मेवारी लिएपछि आयोजनाको कामले गति लिएको पाइएको छ ।

सोमबार मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण गरिएको छ । मन्त्री मगर, मेलम्ची विकास समितिका पदाधिकारीलगायतका प्रतिनिधिको उपस्थितिमा मेलम्चीको बाँधस्थलबाट सुरुङमार्गको परीक्षण गरिएको छ । सिनोहाइड्रोले जिम्मा लिएका काममध्ये बाँधको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडान १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको छ ।

बाँधस्थलमा सात वटा ढोका निर्माण र ‘कफरड्याम’ निर्माण तीव्र गतिमा भइरहेको छ । पानी पठाउनका लागि अत्यावश्यक रहेका संरचनाको काम अगाडि बढेको र प्रगति उत्साहजनक रहेको मन्त्री मगरको भनाइ छ । हाल अम्बाथान खण्डको सुरुङको सफाइ सम्पन्न गरिएको र सो खण्डमा समेत पानी पठाएर परीक्षण गरिनेछ ।

अन्य आयोजनामा कोरोनाको प्रभाव परेको भए पनि सो आयोजनामा हालसम्म त्यसको कुनै प्रभाव परेको छैन । देशकै ठूलो आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ । बाँधमा आठ ढोका रहेका छन् । त्यसमा चार वटाबाट निकास हुने पानी बालुवा थिग्रयाउने बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युत् गृहमा पुगेर विद्युत् उत्पादन गर्ने गरी मिलाइएको छ ।

हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य भइरहेको छ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । हालसम्म ठाडो सुरुङमा कूल ३९५ मिटर पेनस्टक पाइप जडान कार्य पूरा भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिनुभएको थियो ।

आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरेका थिए ।

ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले आगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ ।

विशेषगरी आयोजनाको लट–२ को ठकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट–२) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट–३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो ।

विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सवस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरण जडान गरी चार महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

कोरोनाका कारण गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा भने केही समस्या देखिएको छ । आयोजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन् । सन् २०२१ को शुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भौतिक संरचना निर्माण भइसके पनि विमानस्थलको प्राविधिक काम धेरै बाँकी छ, कतिपय उपकरण आउन सकेका छैनन् त्यसैले आयोजना झण्डै एक वर्ष ढिलो हुने स्थिति देखिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । विमानस्थलको टर्मिनल भवनको काम सम्पन्न हुने चरणमा छ भने उपकरण जडानको काम बाँकी छ । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो ।

प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप बाधा उत्पन्न गरेको छ । विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये केही चीनतिरै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेनटाइनमा छन् । आयोजना प्रमुख प्रवेश अधिकारीले अबको दुई महिनाभित्र विमानस्थल सञ्चालनको भौतिक संरचना निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस