काठमाडौँ । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा(डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ।
सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो।
दूतावासले चाँडै भिसा सेवा पुनः सञ्चालन गर्ने बताएको छ।
अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासले support-nepal@ustraveldocs.com मा सम्पर्क गर्न अनुरोध गरेको छ।







