२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध व्यापारको उच्च जोखिममा डोल्पा

अ+ अ-

डोल्पा । डोल्पा जिल्ला वन्यजन्तुको अवैध व्यापारको उच्च जोखिममा रहेको पाइएको छ । सबैभन्दा ठुलो क्षेत्रफल रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको अवैध व्यापार हुने गरेको पाइएको हो ।

बन र वन्यजन्तुको वैद्य व्यापार तथा अपराध नियन्त्रण गर्न निकुञ्जले सशस्त्र प्रहरी बललाई क्षमता अभिवृद्धि तालिम दिन थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग मार्फत डब्लुडब्लुएफले प्रशिक्षण दिएको हो ।

सीमा सुरक्षा,भन्सारको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बन र वन्यजन्तुको हुने अपराध समेत नियन्त्रण गरोस् भनेर क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

उनले भने सशस्त्र प्रहरी बल ४६ नम्बर गुल्मका ५० जनालाई क्षमता अभिवृद्धि तालिम दिएका छौ । उनीहरूलाई ऐन कानुन तथा बन्यजन्तका आँखेटोपहारका बारेमा समेत सचेत गराएका छौ जसले गर्दा बन र वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा मद्दत पुग्ने छ ।

चीनको तिब्बतसँग सीमा जोडिएको डोल्पा जिल्लामा नेपालको भन्सार नभएकोले खुल्ला सीमा रहेको हुँदा वन्यजन्तुको अवैध कारोबार हुने गरेको निकुञ्जको दाबी रहेको छ ।

सरकारले भन्सार राख्नुपर्ने र निकुञ्ज तथा बनमा संरक्षण गरी राखिएका वन्यजन्तुहरूको अवैध व्यापारको कारोबार रोक्न जरुरी रहेको डिभिजन बन कार्यालय डोल्पामा डिभिजन प्रमुख जितेन्द्र महतले बताए ।

उनले भने ‘भौगोलिक रूपमा जिल्ला ठुलो छ सबै क्षेत्रमा सुरक्षात्मक राख्न सकिन्न जडीबुटी र वन्यजन्तु प्रशस्त रहेको जिल्ला डोल्पा हो, खुल्ला सीमाको कारण अवैध व्यापार बढी रहेको छ ।’

डोल्पामा माथिल्लो डोल्पाबासीको खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामाग्री खरिद बिक्रीका लागि व्यापारको रूपमा प्रयोग हुने दुईवटा नाका रहेका छन् ।

ती दुई मरिम्ला रा क्याटो नाकाबाट सोही समयमा समेत अवैध व्यापार हुने गरेको तर भन्सार नभएको कारण रोक्न नसकिएको संरक्षण अधिकृत पौडेलेले बताए । यी नाका हरेक वर्ष श्रावणदेखी भदौसम्म खुल्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस