१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्ली हिंसा : मृत्यु हुनेको संख्या २७ पुग्यो, २५० बढी घाइते, बोर्ड परीक्षा रद्द

अ+ अ-

नयाँदिल्ली । नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।

हिंसामा कम्तीमा २ सय ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेको नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धेरैजसोलाई गोली लागेको प्रहरीले जनाएको छ। प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो। प्रदर्शन आइतबारदेखि जारी छ। प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोडसमेत गरेका छन्। खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ।

थप हिंसा हुन नरोकिएपछि ठाउँठाउँमा करफ्यू आदेश जारी गरिएको छ। प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवासबाहिर एकीकृत भिड बल प्रयोग गरी हटाएको थियो ।

बोर्ड परीक्षा रद्द
हिंसा भड्किएका कारण नयाँदिल्लीमा परीक्षा रद्द गरिएको छ। सिबिआई बोर्डले हिंसा प्रभावित क्षेत्रमा बुधबार हुने कक्षा १० र १२ को परीक्षा रद्द गरेको हो। ‘छात्र, अभिभावक तथा शिक्षकलाई अप्ठेरो नहोस् भनेर बुधबारको परीक्षा रद्द गरिएको हो,’ बोर्डले सूचित गरेको छ। बोर्डले परीक्षाको अर्को मिति चाँडै तय गर्ने जनाएको छ।

नरेन्द्र मोदी नेतृत्वको संघीय सरकारले सन् २०१९ डिसेम्बर ११ मा नागरिकतासम्बन्धी विवादास्पद नयाँ कानुन राज्यसभाबाट पारित गराएसँगै पक्ष र विपक्षमा ठाउँठाउँमा प्रदर्शन भइरहेका छन्। नयाँ नागरिकता कानुनले खासगरी भारतीय स्लाम समुदायलाई चिढ्याएको छ।

नयाँ कानुनमा धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका मानिस भारत आउन चाहे उनीहरूलाई नागरिकता दिने व्यवस्था छ। तर ती देशमा पीडित कतिपय अल्पसंख्यक स्लाम धर्माबलम्बीलाई भने कानुनले यस्तो सुविधा दिएको छैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस