६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्सपेक्टरसहित १६ जना प्रहरी निलम्बन गर्न अख्तियारको पत्र

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ जना प्रहरीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङबाट ४२२ ग्राम सुनलिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको भन्दै आयोगले निलम्बन गर्न पत्राचार गरेको हो ।

आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा(३) बमोजिम निलम्बनका लागि पठाईएको आयोगले जनाएको छ ।

आयोगका अनुशार निलम्बन गर्न पत्राचार गरिएका प्रहरी कर्मचारीहरुमा प्रहरी निरीक्षक खेम प्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र वि.क., प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा र प्र.का.स. हरी बहादुर श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस