२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त

अ+ अ-

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ ।

मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गरेको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेको सोमबार पुष्टि गरेको हो ।

उनका अनुसार मलेसियाली राजाले महाथिरको राजीनामा स्वीकृतिसँगै उनलाई नै अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्त नहुदासम्मका लागि संविधानको परिधिमा रहेका अन्तरिम प्रधानमन्त्रीको रूपका काम गर्न महाथिरलाई नै जिम्मेवारी दिइएको मुख्यसचिवद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

संसारभरीका प्रधानमन्त्रीमध्ये ‘सवैभन्दा वृद्ध’ प्रधानमन्त्री ९४ बर्षिय महाथिरले सोमबार बिहान राजीनामा दिएका थिए ।

दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि राजीनामा गर्न बाध्य भएका हुन् ।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग गठबन्धनमा गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो । महाथिरले अनवरलाई एक बर्षमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता चुनावका बेलामा व्यक्त गरेको भएपनि ढिलाई गरेका थिए ।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ । अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि राजालाई भेट्ने कार्यक्रम तय भएको छ ।

मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्ने वा नयाँ चुनाव घोषणा गर्ने भन्ने मध्ये एउटा विकल्प रोज्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस