४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई

अ+ अ-

पोखरा । पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेकोे हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अङ्क थियो ।

अन्तिम तथा निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५६ रनको योगफल तयार गरेको थियो । जितका लागि १५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १०८ रनमा समेटियो । फाइनल खेलमा हृयाट्रिक गर्न सफल नवलपुरका बलर सुशील क्षेत्री म्यान अफ द म्याच भएका थिए ।

प्रतियोगितामा बागलुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्वीकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका नवलपुरकै दीपक डुम्रे उत्कृष्ट ब्याट्सम्यान भए ।

जितसँगै नवलपुरले नगद रु २० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी), प्रशिक्षक रिजन प्रजुलगायतले विजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरे ।

सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ पाइलट सविता तामाङले प्याराग्लाइडिङ टिकट उपहार प्रदान गरे । आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस