२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : अध्यक्ष थापा

अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।

७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।’

अध्यक्ष थापाले प्रजातन्त्रको संवर्द्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए ।

राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिए ।

राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताए ।रासस

प्रतिक्रिया दिनुहोस